टी–२० अन्तर्राष्ट्रिय क्रिकेट
कुशलको नाममा अर्को शतक
बिहीबार, २१ जेठ २०८३, १३ : २९
सारांश
- नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत मलेसियाविरुद्धको खेलमा शतक बनाएका छन् ।
- उनले ४४ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
- यससँगै भुर्तेल टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन् ।
काठमाडौँ । नेपाली क्रिकेट टोलीका विस्फोटक ओपनर कुशल भुर्तेलले नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा अर्को कोशेढुंगा पार गरेका छन् । एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत मलेसियाविरुद्धको खेलमा भुर्तेलले अर्को शतक बनाउन सफल भएका हुन् ।
उनले ४४ बलको सामना गर्दै शतक पूरा गरे । यस क्रममा उनले १० चौका र ७ छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रियमा उनको यो तेस्रो शतक हो ।
उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । यसअघि यो रेकर्ड दीपेन्द्र सिंह ऐरीको नाममा थियो । दीपेन्द्रले ९८ खेलमा २ हजार १८० रन बनाउँदै यो रेकर्ड कायम गरेका थिए । भुर्तेलले मात्र ७८ खेलमा यो रेकर्ड उछिन्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण