कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
सारांश
- कोशी प्रदेश सरकारले ६ वटा पालिकामा ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नवप्रवर्तन साझेदारी परियोजना सुरु गरेको छ ।
- यो परियोजना अन्तर्गत इलामको रोङ, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको षडानन्द, मोरङको सुन्दरहरैंचा, खोटाङको खोटेहाङ र ओखलढुङ्गाको लिखुपिके गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।
- यस सम्झौताले कोशी प्रदेशका ४ लाख ५ हजार ९४४ घरधुरीलाई लाभान्वित गर्ने र प्रदेशमा समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका ६ वटा पालिकामा यसपटक नव प्रवर्द्धन साझेदारी परियोजना अन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दर हरैचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुङ्गाको लिखु पिके गाउँपालिकामा यो कार्यक्रम सुरु गर्ने गरी समझदारी भएको छ ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा आज परियोजनाको सम्झौता कार्यक्रम भएको छ ।
कोशी प्रदेश सरकारका सचिव नारायणप्रसाद रिसालले पालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार इलामको रोङ गाउँपालिकामा रोङ उद्यमशीलता र कृषि व्यवसाय संवर्द्धन परियोजना सञ्चालन हुनेछ। यसका लागि १ करोड ५० लाख रकम खर्च गरिनेछ ।
धनकुटा नगरपालिकामा डिजिटल स्थानीय आर्थिक सर्वेक्षण र स्थानीय ई मार्केटिङ परियोजना सञ्चालन गरिनेछ। यो परियोजनामा १ करोड ६५ लाख रुपैयाँ खर्च हुनेछ ।
त्यस्तै भोजपुरको षडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। यसैगरी मोरङको सुन्दर हरैंचा नगरपालिकामा सुशासनसहितको समृद्धिका लागि प्रविधि कार्यक्रममा १ करोड २६ लाख७५ हजार रुपैयाँमा सञ्चालन हुनेछ ।
खोटाङको खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ६० लाख खर्च हुनेछ। लिखुपिके गाउँपालिकामा डिजिटल शिक्षा विकास र साक्षरता कार्यक्रम अन्तर्गत ७७ लाख ६० हजार खर्च गरिनेछ। यो कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र स्थानीय पालिकाको साझेदारीमा हुनेछन्।
यो कार्यक्रमले कोशी प्रदेशका ४ लाख ५ हजार ९ ४४ घरधुरी लाभान्वित हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यो परियोजनाको लागतमा पालिका र सरकारको साझेदारी हुनेछ।
सम्झौता पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले यो कार्यक्रमले कोशी प्रदेशमा समृद्धिको ढोका खोल्ने बताए । उनले नवप्रवर्द्धन परियोजनाका कार्यक्रमले आम नागरिकको समृद्धिमा सहयोग पुग्ने बताउँदै कोसे ढुङ्गा साबित हुने दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण