शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा

शुक्रबार, २२ जेठ २०८३, २१ : ३३
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना डीएसपीहरुको सरुवा गरिएको छ ।
  • ई.जितनारायण यादवलाई प्रधान कार्यालयस्थित सूचना प्रविधि निर्देशनालयमा सरुवा गरिएको छ ।
  • डा.शिरीषचन्द्र रेग्मी, डा.आदर्श खनाल, डा.प्रशंसा शाक्य र डा.विदुरप्रसाद आचार्यलाई प्रहरी अस्पतालमा सरुवा गरिएको छ ।

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले डीएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । इन्जिनियरिङ उप समूहको कम्युटरतर्फका ई.जितनारायण यादवलाई प्रधान कार्यालयस्थित सूचना प्रविधि निर्देशनालयमा सरुवा गरिएको छ । 

चिकित्सातर्फका डीएसपीहरु डा.शिरीषचन्द्र रेग्मी, डा.आदर्श खनाल र डा.प्रशंसा शाक्यलाई  महाराजगञ्जस्थित प्रहरी अस्पतालको डेन्टल शाखामा पठाइएको छ । डा.विदुरप्रसाद आचार्यलाई सर्जिकल शाखामा सरुवा गरिएको छ । चारै जना चिकित्सक उपत्यका बाहिर रहेको प्रहरी अस्पतालमा कार्यरत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप