हिमालयको युथ इटर्निटि क्रीम नेपाली बजारमा
काठमान्डौं । हिमालय ड्रग कम्पनीले आज ‘युथ इटर्निटि’ नामक छाला को हेरचाह गर्ने विशिस्ट क्रीम हरु प्रस्तुत गरेको छ । यस युथ इटर्निटि रेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाइ स्टेम सेल प्रविधिबाट तयार पारिएको जसले छाला लाई जवान राख्न मदत गर्ने कम्पनीले दावी गरेको छ ।
कार्यक्रममा छाला विशेषज्ञ डा. अपर्णा शाहले स्टेम सेल्सको महत्व बारे जानकारी दिइन् ।युथ इटर्निटिमा तीनवटा उत्पादनहरु रहेका छन्, द हिमालय युथ इटर्निटि डे क्रिम, द हिमालय युथ इटर्निटि नाइट क्रिम, र द हिमालय युथ इटर्निटि अण्डर आइ क्रिम, द हिमालय युथ इटर्निटि डे क्रिम, बिरुवाको स्टेम सेलको अनुन्धान र दुर्लभ जडिबुटि बाट तयार पारिएको कम्पनीले बताएको छ ।
यसले चिप चिप रहित छालामा चांडो सोशिनुका साथसाथै थुप्रै वनस्पतिको समिश्रणले तयार पारिएको र जसले मसिना घेरा तथा चाउरी हटाएर छालामा नयाँ जीवन भरेर छालालाई स्वस्थ, चमकदार, र जवान बनाउने कम्पनीले बताएको छ।
त्यसैगरी नाइट क्रिम एडेल्वाइस बिरुवाको स्टेम सेल्स, उडफोरडीया, रोज मर्टल, किपाडेसा र स्याउको विशेष मिश्रणले तयार पारिएको, एन्टीअक्सिडेण्ट र पोलिफेनोल्सले भरपुर क्रिम हो । जसले छालामा रातभर काम गरेर छालामा रहेका मसिनो घेरा र चाउरी हटाइ छालालाई जवान बनाउछ।
द हिमालय युथ इटर्निटि अण्डर आइ क्रिममा पर्याप्त मात्रामा एन्टी इन्फ़्लेमेटोरि तत्वहरु हुनुको साथै, एडेल्वाइस बिरुवाको स्टेम सेल्स, उडफोरडीया, रोज मर्टल, किपाडेसा र अमलाको अचुक समिश्रणले तयार पारिएको छ । यस अण्डर आइ क्रिमले छालाको रुखोपन हटाएर आँखा वरिपरीको छालालाई नरम बनाई त्यसलाई चमकदार, स्वस्थ र जवान बनाउने कम्पनीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण