सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपाले सार्‍यो केन्द्रीय समिति बैठक

सोमबार, २५ जेठ २०८३, १० : २३
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो केन्द्रीय समिति बैठक विशेष कारणवश केही समय पर सारेको छ ।
  • जेठ २८ र २९ गते हुने भनिएको बैठक अब असार ५ र ६ गते काठमाडौँमा बस्नेछ ।
  • बैठकमा राजनीतिक, आर्थिक, सचिवालय प्रतिवेदन पेस हुने, समसामयिक समीक्षा, संविधान संशोधनबारे दृष्टिकोण, साङ्गठनिक सुदृढीकरण, अधिवेशन र महाधिवेशनको तयारीबारे छलफल हुनेछ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठकको मिति केही समय पर सारेको छ । 

पार्टी प्रवक्ता मोहन श्रेष्ठले जेठ २८ र २९ गते हुने भनिएको बैठक विशेष कारणवश असार ५ र ६ गते काठमाडौँमा बस्ने तय भएको जानकारी दिए । 

बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धि प्रतिवेदनहरू पेस हुने उनले बताए ।  

बैठकमा समसामयिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, साङ्गठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत तय हुने राप्रपाले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप