ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण जारी राखेमा इजरायलले अमेरिकाको साथ गुमाउन सक्ने चेतावनी दिएका छन् ।
- ट्रम्पले नेतान्याहुलाई 'होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ' भनी टेलिफोन वार्तामा आग्रह गरेका थिए ।
- इजरायल र इरानबीच नयाँ तनाव बेरुतमाथि इजरायली हवाई आक्रमण र त्यसको जवाफमा इरानले गरेको मिसाइल प्रहारपछि सुरु भएको थियो ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानमाथिको आक्रमण पुनः जारी राखे इजरायलले चाँडै अमेरिकाको साथ गुमाउन सक्ने चेतावनी दिएका छन् । ट्रम्पको यो चेतावनी इजरायल र इरानले आक्रमण रोक्ने सहमति जनाउँदै शान्ति वार्तालाई अघि बढाइरहेका बेला आएको हो ।
ट्रम्पले आफ्नो दुवै पक्षलाई गोलीबारी रोक्न आग्रह गर्दै शान्तितर्फको अन्तिम वार्ता जारी रहने बताएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार आइतबार मात्रै उनले नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण नगर्न आग्रह गरेका थिए । एक अन्तर्वार्तामा ट्रम्पले नेतान्याहूलाई ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’ भनेर चेतावनी दिएको बताएका छन् ।
नयाँ तनाव आइतबार बेरुतमाथि इजरायलले गरेको घातक हवाई आक्रमणपछि सुरु भएको थियो । त्यसको जवाफमा इरानले उत्तरी इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो । तर, ट्रम्पको आग्रहका बाबजुद इजरायलले सोमबार बिहान इरानका हवाई प्रतिरक्षा प्रणाली र पेट्रोकेमिकल केन्द्रहरूमा आक्रमण गर्यो भने इरानले हाइफास्थित समान संरचना र दुई इजरायली हवाई अड्डालाई निशाना बनाएको थियो । अधिकांश मिसाइलहरू वेस्ट बैंकमाथि अवरोध गरिएका थिए । दुवै पक्षमा मानवीय क्षतिको भने पुष्टि भएको छैन ।
नेतान्याहुले भने इजरायललाई आत्मरक्षाको पूर्ण अधिकार रहेको बताउँदै आवश्यक परे बलपूर्वक जवाफ दिने चेतावनी दिएका छन् । इजरायलका अमेरिकास्थित राजदूत येखिएल लाइटरले अमेरिकी र इजरायली नेतृत्वबिचको तनावलाई सामान्य मतभेदका रूपमा चित्रण गर्दै ट्रम्पले इजरायलको सुरक्षा चिन्तालाई पूर्ण रूपमा बुझेको बताएका छन् ।
इरानले भने अमेरिका नै क्षेत्रीय तनावको जिम्मेवार भएको बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले युद्धविराम उल्लङ्घन हुने कुनै पनि घटनाका लागि अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार हुने बताएका छन् ।
यसबीच कूटनीतिक प्रयासहरू जारी रहेका छन् । इरानी राष्ट्रपति मसउद पेजेसकियानले तेहरान अझै वार्ताको टेबलमा रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावानीले पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच विचार आदानप्रदान भइरहेको र छिट्टै सहमतिमा पुग्ने आशा व्यक्त गरेका छन् ।
उता यमनका हुथी विद्रोहीहरू पनि तनावमा तानिएका छन् । उनीहरूले इजरायलतर्फ मिसाइल प्रहार गर्नुका साथै रेड–सिमा इजरायली जहाजहरूको आवागमनमाथि पूर्ण प्रतिबन्ध घोषणा गरेका छन् । यसैगरि, दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी रहँदा टायर, नबातियेह र मारवानियेह क्षेत्रमा कम्तीमा १४ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण