संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
सारांश
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले कुनै प्रस्ताव नपठाएको बताएका छन् ।
- डा. कोइरालाको सचिवालयले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाइएको हल्लाबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेको छ ।
- सचिवालयले मनगढन्ते र भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै कोइराला र संस्थापन पक्षबीच २०८३ वैशाख २२ गतेपछि कुनै संवाद नभएको जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको जानकारी दिएका छन् । सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन् ।
‘बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्नेबारे डा.शेखर कोइराला र उहाँको सचिवालयलाई अहिले सम्म कहीँ कतै जानकारीमा छैन,’ डा.कोइरालाका सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जारी गरेको सूचनामा उल्लेख छ ।
थपलियाले सूचनामा मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । डा.कोइरालाको सचिवालयले कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत्र २२ गते महामन्त्री प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई बिशालनगरस्थित सचिवालयमा आएर भेटेपछि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क नभएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनयमा कमब्याक गर्दै कैट्रिना
-
चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
-
एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
-
गैरनेपालीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिवसहित चारजना पक्राउ
-
रामपाले व्यवहार र परिणामका आधारमा सरकारको मूल्याङ्कन गर्ने
-
जाह्नवीको अभिनयभन्दा शरीरमा क्यामरा केन्द्रित गरेको भन्दै विरोध, हलबाट हटाइए विवादित दृश्यहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण