दुर्घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ : मानबहादुर नेपाली
सारांश
- निवर्तमान केन्द्रीय सदस्य मानबहादुर नेपालीले पार्टीभित्रको विवादले कांग्रेसलाई कमजोर बनाएको भन्दै सभापति गगनकुमार थापाको ध्यानाकर्षण गराएका छन् ।
- उनले सभापति थापालाई पार्टीभित्रको गुटबन्दीले मतदाता र कार्यकर्तामा वितृष्णा पैदा गरेको र यसले अन्य पार्टीलाई बल पुर्याइरहेको तर्क गरेका छन् ।
- नेपालीले नेतृत्वले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव जित्ने शैलीलाई पछ्याउन खोजेको भन्दै आलोचना गर्दै अब हुने कुनै पनि राजनीतिक दुर्घटनाको जिम्मेवारी सभापति थापाको काँधमा आउने बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्मान केन्द्रीय सदस्य सदस्य मानबहादुर नेपालीले पार्टीभित्र उत्पन्न विवादले इतिहासमै कांग्रेसलाई कमजोर बनाएको भन्दै सभापति गगनकुमार थापाको ध्यानाकर्षण गराएको छ । सभापति थापालाई सामाजिक सञ्जालमा ‘अन्तिम खुल्ला पत्र’ मा नेपालीले कानुनी रूपमा विवाद समाधान देखिए पनि कार्यकर्तामा भावनात्मक एकता हुन नसकेको उल्लेख गरेका छन् ।
नेपालीले सभापति थापालाई एकताबद्ध कांग्रेसको नेतृत्व गर्ने अवसर गुम्न लागेको चेतावनीसमेत दिएका छन् । पार्टीभित्रको दुई गुटको लडाइँले मतदाता र कार्यकर्तामा वितृष्णा पैदा गरेको र यसले अन्ततः उनीहरूलाई एमाले, माओवादी वा अन्य शक्तिहरूतिर धकेल्ने योजनालाई बल पुर्याइरहेको उनको तर्क छ।
पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव जित्ने शैलीलाई पछ्याउन खोजेको भन्दै नेतृत्वको आलोचना गरिएको छ। ‘रास्वपाको भोट र चुनाव जित्ने तरिका देखेर पार्टीमा नेता–कार्यकर्ता नचाहिने, जनता भए पुग्ने देखासिखी देख्दा दया लाग्छ,’ नेपालीले लेखेका छन्, ‘जबसम्म त्याग, संघर्ष र योगदान भएको संगठन हुँदैन, पार्टी काँचको घर जस्तै हुन्छ जो सामान्य चोटबाट चकनाचुर भई समाप्त हुन्छ।’
पार्टीको १५औँ महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाउँदै नेपालीले संस्थापन पक्षले वार्ता टोली समेत नबनाई ‘बलमिच्याइँ’ गरिरहेको आरोप लगाए । सामाजिक सञ्जालमा कार्यकर्ताहरू एकापसमा लडिरहेको र नेतृत्वले धम्की, कारबाही र आश्वासनको राजनीति गरिरहेको भन्दै उनले असन्तुष्टि जनाए । ‘तिमीहरूको कांग्रेसमा आवश्यकता छैन भन्ने खालको व्यवहार देखिनु पार्टी एकताका लागि गम्भीर खतरा हो,’ नेपालीले लेखेका छन् ।
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमाथि छापामार शैलीमा दुर्व्यवहार गरिएको टिप्पणी गर्दै नेपालीले इतिहासमा अब हुने कुनै पनि राजनीतिक दुर्घटनाको नैतिक जिम्मेवारी सभापति थापाको काँधमा आउने उनले उल्लेख गरेका छन् । नेपालीले सभापतिलाई गुटगत स्वार्थ र घेराबाट मुक्त भई सङ्गठनलाई प्रधान ठान्न सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुरमा दिपक भट्टको बयानः 'बैंकिङ कसूर होइन, जग्गाको कारोबार थियो'
-
शून्य प्रगतिमा रहेका ३८ जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न सुझाव
-
‘प्रतिपक्षको आन्दोलन यथावत् छ, बजेटका लागि मात्र सहजीकरण’
-
सेयर बजारमा १ अर्ब १४ करोडको सङ्गठित ठगी : शेखर गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा दायर
-
अब बाली नभित्र्याउँदै किसानको हातमा मूल्यसूची
-
सरकारको बजेटले गरिबलाई छोएन, धनी र गरिबबिचको खाडल झनै बढाउँछ : अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण