काठमाडौँमा ७९ वर्षीय वृद्धमाथि कैँची प्रहार, टाइसन लामा पक्राउ
काठमाडौँ। काठमाडौँको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गरी घाइते बनाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध फूलबारीस्थित हिमालयन जाभा कफी शपको पछाडि रहेको सडकमा ७९ वर्षीय वृद्धमाथि कैँची प्रहार भएको हो।
प्रहरीका अनुसार जेठ २४ गते दिउँसो करिब १२:३५ बजेको समयमा सो घटना घटेको हो। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ नारायणथान घर भएका ३४ वर्षीय टाइसन लामाले बौद्ध सानो टुसाल बस्ने ७९ वर्षीय वृद्धलाई कैँची प्रहार गरेर घाइते बनाएका हुन्।
कैँची प्रहारबाट घाइते भएका वृद्धलाई घटनालगत्तै उद्धार गरी चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल पुर्याइएको थियो। त्यहाँ सामान्य उपचार गरेपछि उनलाई थप उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपी लामालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका लामामाथि ज्यान मार्ने उद्योग कसूरमा अनुसन्धान अघि बढाइएको छ।
उनलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाउने भारतीय नागरिक पक्राउ
-
बैंकिङ कसुरमा दिपक भट्टको बयानः 'बैंकिङ कसूर होइन, जग्गाको कारोबार थियो'
-
शून्य प्रगतिमा रहेका ३८ जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न सुझाव
-
‘प्रतिपक्षको आन्दोलन यथावत् छ, बजेटका लागि मात्र सहजीकरण’
-
सेयर बजारमा १ अर्ब १४ करोडको सङ्गठित ठगी : शेखर गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा दायर
-
अब बाली नभित्र्याउँदै किसानको हातमा मूल्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण