बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएईका राजदूत र परराष्ट्र सचिवबिच भेटवार्ता, भिसा सहजीकरण र आर्थिक सहकार्यमा छलफल

बिहीबार, २८ जेठ २०८३, २० : ०८
बिहीबार, २८ जेठ २०८३

सारांश

  • नेपालका लागि यूएईका राजदूत र परराष्ट्र सचिवबिच शिष्टाचार भेटवार्ता भएको छ।
  • भेटमा नेपाल र यूएई द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, आर्थिक साझेदारी विस्तार गर्ने र भिसा प्रक्रिया सहज बनाउने विषयमा छलफल भएको छ।
  • दुवै पक्षले व्यापार, लगानी र जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा जोड दिएका छन्।

काठमाडौँ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत एच.ई. अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीले परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेट गरेका छन्।

बिहीबार भएको भेटमाका नेपाल र यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक साझेदारी विस्तार गर्ने तथा भिसासम्बन्धी प्रक्रियालाई थप सहज बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुवै पक्षले आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्दै नेपाल-युएई सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा जोड दिएका थिए। 

साथै व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप प्रवर्द्धन गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ। 

नेपाल र युएईबिच श्रम, व्यापार, लगानी तथा विकास सहकार्यका क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप