पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
सारांश
- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ।
- गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ।
- आज कोशी, मधेस र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी, बागमती र गण्डकीको एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको भाडा विवाद उत्कर्षमा : सरकारको ७ दिने अल्टिमेटम, ७०० उद्योगीद्वारा सामूहिक गिरफ्तारीको चेतावनी
-
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
-
खपत बढाउनका लागि उत्पादनमूलक उद्योगको आवश्यक छ : अध्यक्ष पाण्डे
-
ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल
-
स्थानीय तह र प्रदेश सभा निर्वाचनमा के होला मधेसवादी दलको पोजिसन ?
-
मधेसवादी दलको अवसान स्वाभाविक होइन : शैलेन्द्र साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण