थाइल्याण्डकी राजकुमारीको निधन
सारांश
- थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ।
- तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी राजकुमारीको बिहीबार राति निधन भएको थाइ शाही दरबारले शुक्रबार आधिकारिक घोषणा गरेको हो।
- माइकोप्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अनियन्त्रित भएपछि लामो समयदेखि अस्पतालमा सघन उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन।
बैंकक । थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ।
तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी राजकुमारीको बिहीबार राति निधन भएको थाइ शाही दरबारले शुक्रबार आधिकारिक घोषणा गरेको हो।
सन् २०२२ डिसेम्बरमा आफ्ना व्यायाम गर्ने क्रममा उनी अचानक ढलेकी थिइन्। चिकित्सकहरूका अनुसार मुटुमा भएको 'माइकोप्लाज्मा' संक्रमणका कारण उनको मुटुको धड्कन अनियन्त्रित भएको थियो। लामो समयदेखि अस्पतालमा सघन उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।
राजकुमारी बज्रकितियाभा राजा वजिरालोङकोर्नकी सात सन्तानमध्ये सबैभन्दा जेठी हुन्। उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट कानूनमा उच्च शिक्षा हासिल गरेकी थिइन्।
उनले अस्ट्रियाका लागि थाइल्याण्डको राजदूत र संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयमा क्षेत्रीय राजदूतका रूपमा काम गरेकी थिइन्। उनलाई विशेषगरी कारागार सुधार र महिला कैदीहरूको अधिकारका लागि काम गर्ने अभियन्ताका रूपमा चिनिन्थ्यो।
थाइल्याण्डको राजगद्दीको उत्तराधिकारीका रूपमा समेत उनलाई निकै प्रभावशाली मानिएको थियो। ७३ वर्षीय राजा वजिरालोङकोर्नले हालसम्म आफ्नो उत्तराधिकारी घोषणा नगरेको अवस्थामा राजकुमारीको निधनले थाइ शाही परिवारमा उत्तराधिकारको विषयलाई थप अन्योलपूर्ण बनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको भाडा विवाद उत्कर्षमा : सरकारको ७ दिने अल्टिमेटम, ७०० उद्योगीद्वारा सामूहिक गिरफ्तारीको चेतावनी
-
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
-
खपत बढाउनका लागि उत्पादनमूलक उद्योगको आवश्यक छ : अध्यक्ष पाण्डे
-
ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य : अध्यक्ष अग्रवाल
-
स्थानीय तह र प्रदेश सभा निर्वाचनमा के होला मधेसवादी दलको पोजिसन ?
-
मधेसवादी दलको अवसान स्वाभाविक होइन : शैलेन्द्र साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण