शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

संसदीय खेलका खेलाडी सांसदहरू हुन्, सभामुख होइन : महासचिव पोखरेल

शुक्रबार, २९ जेठ २०८३, ०९ : ३७
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् ।
  • उनले संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् भन्ने स्मरण गराउँदै सभामुख विपक्षी सांसदहरूसँग बहसमा उत्रिने गरेकोमा आपत्ति प्रकट गरेका छन् ।
  • प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि पोखरेलको यस्तो धारणा आएको हो ।

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् भन्ने स्मरण पनि गराएका छन् । पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभई सभामुख विपक्षी सांसदहरूसँग बहसमा पनि उत्रिने गरेकोका आपत्ति प्रकट गरेका छन् । 

 प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो । 

 पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् – सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय  खेलका खेलाडी सांसदहरू नै हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप