शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

आशिकाको प्रश्न– शौचालयका लागि गाडीबाट ओर्लेर झाडीतिर कहिलेसम्म दौडने ?

शुक्रबार, २९ जेठ २०८३, १२ : २६
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • धादिङबाट निर्वाचित रास्वपा सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
  • उनले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालय नहुँदा जथाभाबी दिसा पिसाब गर्नुपर्ने बाध्यता रहेको सुनाइन् ।
  • सांसद तामाङले राजमार्गमा प्रत्येक सय मिटरमा सार्वजनिक शौचालय बनाउनुपर्ने माग गरेकी छिन् ।

काठमाडौँ ।  धादिङबाट निर्वाचित रास्वपा सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

उनले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालय नहुँदा जथाभाबी दिसा पिसाब गर्नुपर्ने बाध्यता रहेको सुनाइन् । 

‘पृथ्वी राजमार्गमा सवारी गर्दा  गाडीबाट ओर्लेर झाडीमा दौडिनुपर्छ । कारण शौचालय छैन । त्यसकारण राजमार्गमा प्रत्येक सय मिटरमा सार्वजनिक शौचालय बनाउनुपर्छ,’उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप