संसदीय खेलका खेलाडी सांसदहरू हुन्, सभामुख होइन : महासचिव पोखरेल
शुक्रबार, २९ जेठ २०८३, ०९ : ३७
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् ।
- उनले संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् भन्ने स्मरण गराउँदै सभामुख विपक्षी सांसदहरूसँग बहसमा उत्रिने गरेकोमा आपत्ति प्रकट गरेका छन् ।
- प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि पोखरेलको यस्तो धारणा आएको हो ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् भन्ने स्मरण पनि गराएका छन् । पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभई सभामुख विपक्षी सांसदहरूसँग बहसमा पनि उत्रिने गरेकोका आपत्ति प्रकट गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् – सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनलाई थप ३० वर्ष जेल सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि सुनुवाइ हुँदै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण