खपत बढाउनका लागि उत्पादनमूलक उद्योगको आवश्यक छ : अध्यक्ष पाण्डे
शुक्रबार, २९ जेठ २०८३, ११ : ३३
सारांश
- नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक रहेको बताएका छन्।
- उनले आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य रहेको र यसका लागि खपत बढाउनुपर्नेमा जोड दिए।
- पाण्डेले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने तथा प्राधिकरणको पुनर्संरचना गर्ने विषय स्वागत योग्य रहेको बताए।
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले खपत बढाउनका लागि उत्पादनमूलक उद्योगको आवश्यक रहेको बताएका छन् । शुक्रबार इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।
‘आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको छ। खपत बढाउन उत्पादनमूलक उद्योगको आवश्यकता छ,’ उनले भने
विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागत योग्य रहेको पनि पाण्डेले बताए। यस्तै बजेटमा आएको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
-
कश्मीरमा विरोध प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
-
भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
-
इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी
-
काभ्रे बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)
-
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड र ओलीलाई बयानमा किन नबोलाउने ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण