शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक

शुक्रबार, २९ जेठ २०८३

काठमाडौं ।  ८ वर्षीय बाल गायक सम्राट सिंह टण्डनले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक गरेका छन्। आमाबुवाप्रति समर्पित मार्मिक गीतमा सम्राटलाई चर्चित गायिका पुजा देवकोटाले स्वरमा साथ दिएकी छिन्।

आमाबुवालाई भगवानको रूपमा चित्रण गरिएको सो गीतले पारिवारिक प्रेम र श्रद्धाको भाव बोकेको छ। तिलक बस्नेतको शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन्। 

सानै उमेरदेखि गायन क्षमता प्रदर्शन गरेका सम्राटले यसअघि पनि विभिन्न गीतमा स्वर दिइसकेका छन् । 
अहिले सार्वजनिक गीतको भिडियो पनि राम्रो बनेको छ। सिर्जन बराल 'ॠषि'को निर्देशनमा तयार पारिएको भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्। भिडियोमा गायक सम्राट स्वयंको साथमा लोक बहादुर टण्डन, हिमा टण्डन, पुजा देवकोटा र सान्वी टण्डनको जीवन्त अभिनय देख्न सकिन्छ।

भिडियोले एक आदर्श परिवारको चित्रण गर्दै सन्तानले आफ्ना आमाबुवाप्रति राख्नुपर्ने सम्मानको सन्देश दिएको छ। गीत सम्राट सिंह टण्डनै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया