विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
शनिबार, ३० जेठ २०८३, ०० : ५२
सारांश
- विश्वकप फुटबल अन्तर्गत समूह 'बी' को खेलमा क्यानडा र बोस्निया-हर्जगोभिनाबीच टोरन्टो स्टेडियममा प्रतिस्पर्धा भइरहेको छ ।
- दुवै टोलीले यसअघिका विश्वकप सहभागितामा कुनै पनि अंक जोड्न सकेका थिएनन् ।
- विगतका संस्करणहरूमा अंकविहीन बन्दै बाहिरिएका यी दुवै टोली आज पहिलो अंक बटुल्दै सुखद सुरुवात गर्ने दाउमा छन् ।
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अहिले क्यानडा र बोस्निया–हर्जगोभिना टोरन्टो स्टेडियममा भिडिरहेका छन् । यो खेल दुवै टोलीका लागि केवल विश्वकपको सुरुवात मात्र नभई विगतको खराब इतिहास सुधार्ने महत्त्वपूर्ण अवसर पनि हो ।
यसअघिका विश्वकप सहभागितामा दुवै टोलीले कुनै पनि अंक जोड्न सकेका थिएनन् । क्यानडाले सन् १९८६ र २०२२ को विश्वकपमा सहभागी हुँदा आफ्ना सबै तीन–तीन खेलमा हार बेहोरेको थियो भने बोस्निया–हर्जगोभिनाको अवस्था पनि त्यस्तै रहेको थियो । विगतका संस्करणहरूमा अंकविहीन बन्दै बाहिरिएका यी दुवै टोली आज टोरन्टोमा आमनेसामने हुँदा पहिलो अंक बटुल्दै सुखद सुरुवात गर्ने दाउमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
पहिलो हाफमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण