सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
सारांश
- आइभोरी कोस्ट र इक्वेडरले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेपछि फिफा विश्वकप २०२६ को समूह 'ई' मा जर्मनीलाई दबाब दिने अपेक्षा गरिएको छ।
- आइभोरी कोस्टसँग यान डियोमान्डे, अमाद डियालो र बाजुमाना टुरे जस्ता आक्रामक खेलाडी छन् भने इक्वेडरसँग विलियन पाचो, पिएरो हिनकापिए र मोइसेस काइसेडो जस्ता बलिया खेलाडी छन्।
- यो दुई टोलीबीचको पहिलो भेट हुनेछ र दुवैले यसअघि विश्वकपमा खासै प्रभाव पार्न सकेका छैनन्।
फिलाडेल्फिया । धेरैको अनुमानमा ‘समूह ई’ बाट जर्मनी सजिलै अघि बढ्नेछ भने आइभोरी कोस्ट र इक्वेडर दोस्रो स्थानका लागि मात्र भिड्नेछन्। यस समूहमा नवप्रवेशी कुराकाओ पनि समावेश छ।
यद्यपि, यस्तो अनुमान गर्नु यी दुवै टोलीमाथिको ठुलो अन्याय हुनेछ। यी दुवै राष्ट्रले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए र उनीहरूको टोलीमा उच्च स्तरका खेलाडीहरू भरिएका छन्।
आइभोरी कोस्टसँग यान डियोमान्डे, अमाद डियालो र बाजुमाना टुरे जस्ता रोमाञ्चक र आक्रामक प्रतिभाहरूको भण्डार छ। उता इक्वेडरसँग विलियन पाचो, पिएरो हिनकापिए र मोइसेस काइसेडो जस्ता बलिया रक्षात्मक हतियारहरू छन्।
पहिलो नजरमा पत्याउन गाह्रो लाग्न सक्छ, तर सोमबार बिहान ४:४५ बजे फिलाडेल्फियामा यी दुई राष्ट्र भिड्दा यो उनीहरूबिचको पहिलो भेट हुनेछ। यसअघि फिफा विश्वकपमा यी दुवै देशले खासै ठूलो प्रभाव छाड्न नसक्नु यसको एउटा कारण हो। दुवै टोलीले समग्रमा जम्मा सात पटक मात्र विश्वकप खेलेका छन्।

आइभोरी कोस्टले विगतमा डिडिएर ड्रोग्बा तथा कोलो र याया टुरे दाजुभाइ जस्ता उच्च स्तरका खेलाडीहरू जन्माएको छ। यो तथ्यलाई हेर्दा उनीहरूको यो केवल चौथो विश्वकप सहभागिता हो र २०१४ यता पहिलो पटक खेल्दैछन् भन्ने सुन्दा अलि अचम्म लाग्न सक्छ। उनीहरू विश्वकपमा कहिल्यै पनि समूह चरणभन्दा अघि बढ्न सकेका छैनन्।
२०२६ को संस्करणका लागि छनोट हुन उनीहरूलाई कुनै कठिनाइ भएन। १० खेलसम्म अपराजित रहेको यस टोलीले सबै खेलमा क्लिन सिट राख्दै सानदार प्रदर्शन गर्यो। छनोट चरणका सबै खेलमा क्लिन सिट राख्ने ‘क्याफ’ क्षेत्रको अर्को एकमात्र राष्ट्र ट्युनिसिया थियो।
उनीहरूले गरेका २५ गोल क्याफ क्षेत्रबाट छनोट हुने कुनै पनि राष्ट्रको भन्दा बढी हो। उनीहरूका १५ फरक खेलाडीले गोल गरेका थिए र यो पनि एक कीर्तिमान हो। दुई गोल र तीन असिस्टसहित टोलीका लागि सर्वाधिक पाँच गोलमा संलग्न भएका साइमन अदिन्ग्राले सायद सबैभन्दा ठूलो भूमिका खेलेका थिए।
उच्च गुणस्तर र कडा प्रतिस्पर्धा हुने कनमेबोल क्षेत्रबाट पार गरेर आएको हुनाले इक्वेडरको छनोट यात्रा झनै प्रभावशाली मान्न सकिन्छ।

उनीहरू १८ खेलमा केवल दुई पटक, अर्जेन्टिना र ब्राजिलसँगको ‘अवे’ खेलमा, पराजित भएका थिए र जम्मा पाँच गोल मात्र खाएका थिए। यी दुवै तथ्याङ्क कनमेबोल क्षेत्रका कुनै पनि टोलीको भन्दा उत्कृष्ट थिए। साविक विश्वकप विजेता अर्जेन्टिनापछि दोस्रो स्थानमा रहनु उनीहरूको २००२ सँगै संयुक्त रूपमा हालसम्मकै उत्कृष्ट नतिजा हो।
पेरिस सेन्ट-जर्मेनबाट लगातार यूईएफए च्याम्पियन्स लिग जितेका पाचो यस सफलताको ठुलो श्रेयको हकदार छन्। कनमेबोल राष्ट्रहरूमध्ये छनोट चरणको हरेक मिनेट खेल्ने उनी एक मात्र आउटफिल्ड खेलाडी (गोलकिपर बाहेक) हुन्। उनले सबै १८ खेलमा सुरुवाती ११ मा परेर पूरा समय खेलेका थिए।
इक्वेडरले छनोट चरणमा जम्मा १४ गोल मात्र गरेको थियो। अग्रपङ्क्तिमा आवश्यक चमक भने सधैँ एक चिरपरिचित अनुहारले नै ल्याउने गर्थे। राष्ट्रिय टोलीका कप्तान इनर भ्यालेन्सियाले ती १४ मध्ये आठ गोल गरेका थिए भने थप दुई गोलका लागि असिस्ट गरेका थिए।
यी प्रिमियर लिगका पूर्वफरवार्ड ठूला मञ्चहरूमा उत्कृष्ट प्रदर्शन गर्ने गर्छन्। उनले इक्वेडरका पछिल्ला सात विश्वकप गोलमध्ये छ गोल गरेका छन्। उनले २०१४ र २०२२ को विश्वकपमा समान तीन-तीन गोल गरेका थिए।
सेप्टेम्बर २०२४ मा ब्राजिलसँग १-० ले पराजित भएयता इक्वेडर लगातार १९ खेलमा अपराजित छ। उनीहरूले साउदी अरब र ग्वाटेमालाविरुद्धको विश्वकप वार्म-अप खेलहरू पनि जितेका थिए।
यता, आइभोरी कोस्टले प्रतियोगितामा प्रवेश गर्नुअघिका आफ्ना पछिल्ला तीन खेल जितेको छ। उनीहरूले मार्चमा दक्षिण कोरिया र स्कटल्यान्डलाई कुनै गोल नखाई हराएका थिए। त्यसपछि जुन ४ मा फ्रान्सलाई उसकै घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याउँदै पराजित गरेका थिए।
एउटा कुरा स्पष्ट छ, यी दुईमध्ये कुनै पनि टोलीले एकअर्कामाथि निर्णायक जितसहित प्रतियोगिताको सुरुवात गर्न सके उनीहरूसँग ‘समूह ई’ मा जर्मनीलाई गम्भीर दबाब दिन सक्ने प्रशस्त क्षमता छ।
- आइभोरी कोस्ट र इक्वेडरको ‘हेड-टु-हेड’
आइभोरी कोस्ट र इक्वेडरबिच यो हालसम्मकै पहिलो भेट हुनेछ।
आइभोरी कोस्टले कनमेबोल टोलीहरूसँग खेलेका यसअघिका तीनवटै विश्वकप खेल हारेको छ। उनीहरू २००६ मा अर्जेन्टिनासँग (१-२), २०१० मा ब्राजिलसँग (१-३) र २०१४ मा कोलम्बियासँग (१-२) पराजित भएका थिए।
उता, इक्वेडरले अफ्रिकी प्रतिद्वन्द्वीसँग खेलेको एकमात्र विश्वकप खेलमा पनि हार व्यहोरेको थियो। २०२२ मा उनीहरू सेनेगलसँग १-२ ले पराजित भएका थिए।
आइभोरी कोस्ट र इक्वेडरको टोली
- आइभोरी कोस्ट: याहिया फोफाना, मोहमद कोने, अल्बान लाफोन्ट, ओसमाने डियोमान्डे, घिस्लेन कोनान, विल्फ्रेड सिंगो, ओडिलोन कोसुनोउ, क्रिस्टोफर ओपेरी, गुएला डोउ, इमानुएल अगबाडोउ, इभान एन्डीका, जिन माइकल सेरी, सेको फोफाना, फ्रान्क केसी, इब्राहिम सांगारे, परफेट गुइगोन, क्रिस्ट इनाओ ओउलाइ, एन्ज-योन बोनी, साइमन अदिन्ग्रा, यान डियोमान्डे, एली वाही, ओमार डियाकिटे, अमाद डियालो, निकोलस पेपे, इभान गुसान्ड, बाजुमाना टुरे।
- इक्वेडर: हर्नान गालिन्डेज, मोइसेस रामिरेज, गोन्जालो भाले, फेलिक्स टोरेस, पिएरो हिनकापिए, जोएल ओर्डोनेज, विलियन पाचो, पर्भिस स्टुपिनान, एन्जेलो प्रेसिआडो, ज्याक्सन पोरोजो, यइमार म्याडिना, जोर्डी अल्सिभर, केन्ड्री पाइज, पेड्रो भिटे, डेनिल कास्टिलो, एलन फ्रान्को, मोइसेस काइसेडो, एन्थोनी भ्यालेन्सिया, जोन येबोह, केभिन रोड्रिग्वेज, इनर भ्यालेन्सिया, एलन मिन्डा, जोर्डी काइसेडो, गोन्जालो प्लाटा, निल्सन एङ्गुलो, जेरेमी एरेभालो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण