राजनीति
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
आइतबार, ३१ जेठ २०८३, १४ : ३९
सारांश
- नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा वृहत् एकता, साझा प्रतिबद्धता भेला आयोजना गरेको छ ।
- यस भेलामा १४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौला लगायतका वरिष्ठ नेताहरूको सहभागिता रहेको छ ।
- सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा र कोइराला समूहको यो पहिलो भेला हो ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘वृहत् एकता, साझा प्रतिबद्धता नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय भेलामा निवर्तमान कार्यसमितिमा रहेका वरिष्ठ नेताहरू सहभागी छन् ।
_jqZNAkjaEi.jpg)
१४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय डा.शशांक कोइराला र कृष्णप्रसाद सिटौला सहभागी छन् ।
त्यस्तै, नेताहरू बलबहादुर केसी, डा.मीनेन्द्र रिजाल, एनपी साउद, मीनबहादुर विश्वकर्मा, महिन्द्रा लिम्बु, रामहरि खतिवडा, सरस्वती बजिमय, सुजाता परियार, मोहनबहादुर बस्नेत, सिता गुरुङसहितका नेताहरू सहभागी छन् । देउवा र शेखर कोइरालाले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि गरेको यो पहिलो भेला हो ।
_J0Ku2DpPsO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण