आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव

आइतबार, ३१ जेठ २०८३, १४ : ५३
आइतबार, ३१ जेठ २०८३

सारांश

  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको वा कसैको पनि भूमि नमिचेको बताएका छन् ।
  • उनले आफू दुई पटक परराष्ट्रमन्त्री हुँदा पनि यस्तो जानकारी नआएको र प्रधानमन्त्री बालेनको भनाइले आश्चर्य चकित तुल्याएको बताए ।
  • यादवले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेनको भनाइलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको मात्र नभई कसैको पनि भूमि नमिचेको बताएका छन् । आइतबार पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

उनले आफू यो देशको दुई पटक परराष्ट्रमन्त्री भइसकेको तर हालसम्म त्यस्तो कुराको जानकारी कतैबाट नआएको बताउँदै प्रधानमन्त्री शाहले कसरी थाह पाए भनी आश्चर्य व्यक्त गरे । भारतले आजसम्म पनि नेपालले आफ्नो भूमि मिचेको कुराको दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेनले उल्टै नेपालले भूमि मिचेको गैरकूटनीतिक कुरा गरेको उनले बताए ।

‘नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्री बालेनले राखेका छन्, अब उनले नै तथ्य र प्रमाणका आधारमा पुष्टि गर्नुपर्छ’ अध्यक्ष यादवले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप