मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट

मङ्गलबार, ०२ असार २०८३, १६ : ५७
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग लेबनान मामिलामा असन्तुष्ट बनेका छन् ।
  • ट्रम्पले नेतान्याहुले लेबनानको विषयमा अझ जिम्मेवार व्यवहार गर्नुपर्ने बताएका छन् ।
  • इजरायलले लेबनानस्थित हिजबुल्लाहविरुद्ध जारी राखेका आक्रमणहरूले इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई जटिल बनाएको अमेरिकी पक्षको भनाइ छ ।

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग लेबनान मामिलामा असन्तुष्ट बनेका छन् ।

 लेबनानको विषयमा नेतान्याहुले अझ जिम्मेवार व्यवहार गर्नुपर्ने उनले बताए । हालैका महिनाहरूमा इजरायलको नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएका ट्रम्पले नेतान्याहुप्रति आफ्नो निराशा सार्वजनिक रूपमा व्यक्त गरेका हुन् ।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नेतान्याहुको आलोचना गरे । ‘म नभएको भए आजको इजरायल पनि हुने थिएन, किनकि मैले गरेको जस्तो कदम चाल्न कुनै अन्य अमेरिकी राष्ट्रपति तयार थिएनन्,’ उनले भने । उनले थपे, ‘बिबीसँग मेरो सम्बन्ध सधैं राम्रो रह्यो, तर अब बिबीले लेबनानको विषयमा अझ जिम्मेवार बन्नुपछ,’ । नेतान्याहुलाई इजरायलमा ‘बिबी’ उपनाम दिइएको छ ।

पछिल्ला महिनाहरूमा ट्रम्प र नेतान्याहुबीच केही विषयमा मतभेद देखिएको छ । अमेरिकी पक्षका अनुसार इजरायलले लेबनानस्थित हिजबुल्लाहविरुद्ध जारी राखेका आक्रमणहरूले इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई जटिल बनाएको थियो । इरानले कुनै पनि युद्धविराम वा शान्ति सम्झौतामा लेबनानको अवस्था समेटिनुपर्ने अडान राख्दै आएको छ ।

यद्यपि नेतान्याहुले ट्रम्पसँग सार्वजनिक टकरावबाट जोगिने प्रयास गरेका छन् । सोमबार अमेरिका–इरान सम्झौताबारे प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘केही विषयमा राष्ट्रपति ट्रम्प र मेरो धारणा मिल्दैन । तर इजरायलको सुरक्षा हितको जिम्मेवारी मेरो हो, र त्यसलाई विवेकपूर्ण ढंगले अगाडि बढाउनुपर्छ,’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप