मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा

मङ्गलबार, ०२ असार २०८३, २० : ३३
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • नापी कार्यालय चाबहिलका अमिन टोपजङ खत्रीलाई ६० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ।
  • खत्रीले जग्गाधनी पूर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।
  • विशेष निगरानीपछि अख्तियारको टोलीले गोकर्णेश्वर–४ माकालवारीस्थित नापी कार्यालय परिसरबाट उनलाई पक्राउ गरेको हो।

काठमाडौँ । नापी कार्यालय चाबहिलको २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्रीलाई ६० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्याैपानेका अनुसार खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। यसबारे परेको सूचना तथा उजुरीका आधारमा आयोगको टोलीले विशेष निगरानी गरेको थियो।

अनुसन्धानका क्रममा खत्रीलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार गोकर्णेश्वर नगरपालिका–४ माकालवारीस्थित नापी कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप