यी मान्छेले खानै हुन्न मेवा
सारांश
- मेवामा डाइट्री फाइबर, भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ, तर केही स्वास्थ्य अवस्था भएका व्यक्तिहरूका लागि यो हानिकारक हुन सक्छ।
- लेटेक्स एलर्जी, गर्भावस्था, श्वासप्रश्वाससम्बन्धी समस्या र मिर्गाैला रोगीहरूले मेवा खाँदा विशेष सावधानी अपनाउनुपर्छ।
- पाकेको मेवा खानुपर्छ र कुनै पनि स्वास्थ्य समस्या भएमा वा एलर्जीको अनुभव भएमा तत्काल मेवा खान बन्द गरी डाक्टरसँग परामर्श लिनुपर्छ।
काठमाडौँ । कब्जियत हुँदा सबैभन्दा पहिले मेवा खान सल्लाह दिइन्छ ।
मेवामा डाइट्री फाइबर, भिटामिन र विभिन्न खनिजहरू हुन्छन् । पाकेको मेवा अत्यन्तै गुलियो र स्वादिष्ट हुन्छ । केही मानिसले त काँचो मेवालाई तरकारी, अचार वा सलादका रूपमा पनि खान्छन् । यो फल धेरैका लागि फाइदाजनक छ । तर यो सबैका लागि फाइदाजनक छ भन्नचाहिँ गलत हुनेछ । किनकि केही परिस्थितिहरूमा मेवाले स्वास्थ्य समस्याहरू बढाउन सक्छ ।
मेवा खाँदा मिर्गाैलाको पत्थरी, गर्भावस्था, फोक्सोको रोग र लेटेक्स एलर्जी भएका व्यक्तिहरूको लक्षण गम्भीर बन्न सक्छ । यस कारणले गर्दा डाक्टरहरूले सबैलाई उनीहरूको स्वास्थ्यको आधारमा फलफूल खान सल्लाह दिन्छन् । साइन्स डाइरेक्टका अनुसार, मेवामा फाइबर, फोलेट, भिटामिन सी, भिटामिन ए, पोटासियम र पपेन इन्जाइम हुन्छ । यो फल सामान्यतया पाचन सुधार गर्न र कब्जियत कम गर्न खाइन्छ । तर यी मानिसले खानु हुन्न मेवा
लेटेक्स एलर्जी
लेटेकसँग एलर्जी भएका व्यक्तिहरूले मेवा खाएपछि एलर्जीको अनुभव गर्न सक्छन् । मेवामा रहेको प्राकृतिक लेटेक्सले केही व्यक्तिहरूमा क्रस–रियाक्सन निम्त्याउन सक्छ । लेटेक्सप्रति संवेदनशील व्यक्तिहरूमा पपेन र मेवाले एलर्जी प्रतिक्रियाहरू निम्त्याउन सक्छ भनेर जर्नल अफ एलर्जी एण्ड क्लिनिकल इम्युनोलोजीमा भनिएको छ । लेटेक्स एलर्जीले व्यक्तिमा चिलाउने, छालामा बिबिरा उठ्ने, ओठ सुन्निने, सास फेर्न गाह्रो हुने र घाँटीमा जलन जस्ता समस्या निम्त्याउन सक्छ ।
गर्भावस्था
गर्भावस्थामा काँचो मेवामा पाइने लेटेक्सबाट बच्नुपर्छ । किनभने यसले तीव्र पाठेघर संकुचन निम्त्याउन सक्छ, जसले गर्दा समयपूर्व प्रसव हुन सक्छ । यसबाहेक, गर्भावस्थामा महिलाको शरीरले मेवामा पाइने पपेनलाई कहिलेकाहीँ प्रोस्टाग्ल्यान्डिन भनेर गलत बुझ्न सक्छ । प्रोस्टाग्ल्यान्डिनलाई कहिलेकाहीँ प्रसव पीडा शुरु गराउन प्रयोग गरिन्छ । यसबाहेक पनि यसले गर्भमा रहेको बच्चालाई समर्थन गर्ने झिल्लीहरूलाई कमजोर बनाउन सक्छ ।
श्वासप्रश्वाससम्बन्धी समस्या
मेवामा पाइने पपेन इन्जाइमले दम भएका व्यक्तिहरूमा सास फेर्न समस्या निम्त्याउन सक्छ । त्यसैले, डाक्टरहरूले दमका बिरामीहरूलाई मेवा खानु अघि आफ्नो डाक्टरसँग परामर्श लिन सल्लाह दिन्छन् ।
मिर्गाैला रोगी
पहिलेदेखि नै मृगौला समस्या भएका व्यक्तिहरूले ठूलो मात्रामा मेवाको सेवन गर्नबाट जोगिनुपर्छ । मेवामा पोटासियम हुन्छ । शरीरमा खाना वा अन्य स्रोतहरूबाट पोटासियमको मात्रा धेरै भयो भने मिर्गाैलाले अतिरिक्त पोटासियमलाई फिल्टर गरेर बाहिर निकाल्छ । तर कुनै व्यक्तिको मिगौलामा पहिले नै समस्या छ भने उसले मिर्गाैलामा दबाब दिने खानेकुराहरूबाट बच्नुपर्छ ।
मेवा खाँदा ध्यान दिनु पर्ने कुरा
–सधैं ताजा र पाकेको मेवा खानुस्
–अत्यधिक सेवन नगर्नुस्
–कुनै पनि चिकित्सा अवस्थाको लागि डाक्टरसँग परामर्श गरेपछि मात्र आहार परिवर्तन गर्नुस्
– एलर्जी जस्तो रियाक्शन अनुभव भयो भने तुरुन्तै मेवा खान बन्द गर्नुस्
मेवा पोषक तत्त्वहरूले भरिपूर्ण फल हो र यसले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ । तर यो केही मानिसहरूका लागि यो हानिकारक हुन सक्छ । गर्भवती महिला, लेटेक्स एलर्जी भएका व्यक्ति र श्वासप्रश्वास समस्या भएकाहरूले यसलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । सन्तुलित मात्रामा र सही तरिकाले सेवन गरिएमा मेवा धेरैजसो मानिसका लागि सुरक्षित मानिन्छ ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण