मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फुड फेस्टिभल सुरु

मङ्गलबार, ०२ असार २०८३, १७ : ४९
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • काठमाडौँ मेरियट होटलले ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ ।
  • यो फुड फेस्टिभल जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि एडामामे रेस्टुरेन्टमा सञ्चालन हुनेछ ।
  • फेस्टिभलमा मेरियट नर्थ पटायाका चर्चित कार्यकारी सेफ नत्तावुद रुएङ्सामुत (सेफ ओन) ले थाई परिकारहरू प्रस्तुत गरिरहेका छन् ।

काठमाडौँ । काठमाडौँ मेरियट होटलले थाइल्याण्डको वास्तविक स्वाद राजधानीमै अनुभव गराउने उद्देश्यका साथ ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ । होटलको बहुचर्चित एडामामे रेस्टुरेन्टमा सुरु भएको यो उत्सव जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । 

फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी तथा नेपालका चर्चित कन्टेन्ट क्रिएटरहरू किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई आमन्त्रण गरेर यस विशेष उत्सवको स्वादिलो अनुभव गराइएको थियो । यस फुड फेस्टिभलको मुख्य आकर्षणका रूपमा मेरियट नर्थ पटायाका चर्चित कार्यकारी सेफ नत्तावुद रुएङ्सामुत रहेका छन्, जो कलिनरी क्षेत्रमा सेफ ओन नामले प्रसिद्ध छन् । 

थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानाको तयारीमा १९ वर्षभन्दा लामो अनुभव बटुलेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट पाक कलामार्फत अतिथिहरूलाई उच्च गुणस्तरीय र मौलिक स्वाद प्रदान गरिरहेका छन् ।

फेस्टिभलमा प्रस्तुत मेनुले थाइल्याण्डका परिचित र लोकप्रिय रैथाने स्वादलाई निकै सुन्दर ढंगले समेटेको छ । यहाँ आउने अतिथिहरूले सी फुड स्टार्टरदेखि लिएर विभिन्न प्रकारका रिच करी र सुगन्धित राईसका परिकारसम्मको विविध स्वाद लिन सक्नेछन् । प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता रैथाने तथा विशेष परिकारहरू ताजा हर्ब्स र मसालाको सन्तुलित प्रयोगबाट तयार पारिएका छन्, जसले थाई खानाको मौलिकतालाई अझ जीवन्त बनाएको छ । यी परिकारसँगै थाई शैलीबाटै प्रेरित विशेष ड्रिंक्सहरू सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउड पनि उपलब्ध छन्, जसले पाहुनाको भोजन अनुभवलाई थप उत्साहजनक बनाउने छन् ।

यस विशेष फुड फेस्टिभलको बैकिङ वा हवाई साझेदारका रूपमा ‘स्मूथ अस सिल्क’ स्लोगानका लागि विश्वप्रसिद्ध थाई एअरवेज रहेको छ, जसको सहकार्यले थाई अनुभवलाई अझ बढी प्रामाणिक र विश्वसनीय बनाएको छ । ‘फ्लेभर्स अफ थाइल्याण्ड’ ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौँको मुटुमै ल्याउने प्रयास गरेको हो । ताजा सामग्री, सशक्त रैथाने मसला र परम्परागत पाक विधिको अनुपम संयोजनमार्फत यहाँ पस्किएका प्रत्येक परिकारले थाइल्याण्डको आफ्नै कथा प्रस्तुत गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप