मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
मङ्गलबार, ०२ असार २०८३, १७ : ३२
काठमाडाैँ । मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ।
सरकारी तथ्याङ्कअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो।
मलेसियाको तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव ६ प्रतिशतले बढेर १२१ दशमलव तीन अर्ब रिङ्गिट पुगेको छ।
पर्यटक तथा एकदिने भ्रमणकर्ताको खर्चमा भएको वृद्धिले समग्र खर्च बढाउन सहयोग गरेको विभागले जनाएको छ। पर्यटकको खर्च १४ दशमलव ६ प्रतिशत तथा एकदिने भ्रमणकर्ताको खर्च १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।
कुल आन्तरिक पर्यटक खर्चमध्ये पर्यटकको योगदान ५९ दशमलव पाँच प्रतिशत रहेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
-
वन्यजन्तुबाट क्षति व्यहोरेकालाई सात लाख प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण