विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
सारांश
- शिक्षा तथा खेलकुद मन्त्रालयले आठ विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म गर्ने मिति तोकेको छ ।
- त्रिभुवन, सुदूरपश्चिम, मध्यपश्चिम, कृषि तथा वन विज्ञान, पोखरा, राजर्षि, लुम्बिनी बौद्ध र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण मन्त्रालयमा हुनेछ ।
- गत जेठ २२ गते सार्वजनिक गरिएको अल्पसूचीमा ७७ जनाको नाम समावेश थियो ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताकाे मिति तोकेको छ । मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै असार १३ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता मिति तोकेको हो।
त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय,मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण हुनेछ । प्रस्तुतीकरण शिक्षा तथा खेलकुद मन्त्रालयमा हुनेछ।
शिक्षा मन्त्रालयका अनुसार १५ वटा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार निमित्तको भरमा सञ्चालनमा छन् । गत जेठ २२ गते शिक्षा मन्त्रालयले आठ वटा विश्वविद्यालयमा उपकुलपतिको अल्पसूची सार्वजनिक गरेको थियो, जसमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिमा दरखास्त दिएकामध्ये ७७ जनाको नाम अल्पसूचीमा सार्वजनिक गरिएको थियो।
सिफारिस समितिले सार्वजनिक गरिएको अल्पसूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवाला तथा सर्वसाधारणबाट राय र सुझावसमेत माग गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण