मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान

मङ्गलबार, ०२ असार २०८३, २१ : ३४
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेश अनुसार डिल्लीबजार कारागार चलान गरिएको छ।
  • गौतम विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
  • यस प्रकरणमा प्राधिकरणका अर्का पूर्व महानिर्देशक प्रदीप अधिकारी पनि डिल्लीबजार कारागारमा थुनामा छन्।

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई डिल्लीबजार कारागार चलान गरिएको छ। विशेष अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागारमा थुनामा राखिएको हो ।

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा जोडिएका गौतमलाई मङ्गलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका थिए । उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ बिगो मागदाबी लिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण अर्का पूर्व महा निर्देशक प्रदीप अधिकारी पनि सोही प्रकरणमा डिल्लीबजार कारागारमा छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप