अपडेट
राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ
बुधबार, ०३ असार २०८३, १४ : ११
सारांश
- राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न अख्तियारले थप दुई जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।
- उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ ।
काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न अख्तियारले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।
उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । असार १ मा साँझ आयोगले विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेको थियो ।
अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर प्रारम्भिक सोधपुछ पश्चात् अख्तियारको जिम्मा लगाएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण