नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक पौडेललाई साधारण तारेखमा राख्न आदेश
सारांश
- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको छ।
- पौडेललाई अदालतमा उपस्थित हुने दिएको निवेदनमाथि सुनुवाइ पछि साधारण तारेखमा राख्न आदेश दिइएको हो।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक पौडेलविरुद्ध ८ करोड ९५ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको हो।
पौडेलले अदालतमा उपस्थित हुने दिएको निवेदनमाथि बुधबार सुनुवाइ पछि साधारण तारेखमा राख्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ८ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्यसम्झौताका सर्त र प्रावधानअनुरूप २८ लाख अमेरिकी डलरमा परामर्शदाता नियुक्त नगरिएको अख्तियारको आरोपत्रमा उल्लेख छ।
अस्वाभाविक रूपमा लागत अनुमान बढाई ५० करोड ३४ लाख ४० हजार ६ सय ९६ रुपैयाँ पुर्याई प्राधिकरण सम्पत्तिबाट अतिरिक्त र दोहोरो बजेट खर्च गरिएको पनि अख्तियारको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण