लिङदेनलाई आरोप लगाउँदै अधिकारीले छाडिन् राप्रपा
सारांश
- राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन्।
- उनले पार्टीले मूल सिद्धान्त र एजेन्डाहरू ओझेलमा पारेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आरोप लगाएकी छन्।
- आन्तरिक लोकतन्त्र कमजोर भएको र व्यक्तिगत स्वार्थका लागि मूल एजेन्डाहरूलाई बिर्सिएको अधिकारीको भनाइ छ।
काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन् । उनले पार्टीले मूल सिद्धान्त छोडेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरी अलग भएको घोषणा गरेकी हुन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै उनले राप्रपाले बोकेका मूल एजेन्डाहरू ओझेलमा परेकाले आफूले पार्टी छाड्नु परेको बताएकी छन् ।
‘नेपालमा बहुसंख्यक जनता सनातन हिन्दु परम्परा र ओमकार परिवारसँग आबद्ध हुँदाहुँदै पनि हामीले सडक, सदन वा सरकार—कुनै पनि तहमा ती मुद्दाहरूलाई आवश्यक दृढताका साथ उठाउन सकेनौँ। त्यसैले तपाईँ यी मुद्दा र विचारधाराको प्रभावकारी नेतृत्व गर्न असफल हुनुभएको निष्कर्षमा पुगेको छु’, अधिकारीले भनेकी छन् ।
आफू एजेन्डा र विचारका कारण राप्रपामा जोडिएपनि अहिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाएको र व्यक्तिगत पद तथा स्वार्थका लागि मूल एजेन्डाहरूलाई क्रमशः विस्मृत गराइएको बताएकी छन् । ‘आलोचनाभन्दा चाप्लुसीलाई प्राथमिकता दिने संस्कृतिले पार्टीलाई झन् कमजोर बनायो । विगतमा हामीले सुधारका लागि धेरै प्रयास गर्यौँ, तर ती सबै निष्फल भए’ अधिकारीले भनेकी छन् ।
यसअघि उनलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण