बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

शालिराम जम्कट्टेलको आह्वान–पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको छ, एकताबद्ध बनौँ

बिहीबार, ०४ असार २०८३, १० : १६
बिहीबार, ०४ असार २०८३

सारांश

  • बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको भन्दै सङ्गठन सुदृढीकरणमा लाग्न आह्वान गरेका छन् ।
  • पार्टीभित्रको असन्तुष्टि र नेतृत्व परिवर्तनका कुराले सङ्गठनलाई विभाजनतर्फ लैजान सक्ने खतराप्रति उनले सचेत गराएका छन् ।
  • जम्कट्टेलले पार्टी कमजोर हुँदा विगतमा कुटिनु परेको अनुभव सुनाउँदै इतिहासको अनुभवबाट सिक्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता शालिकराम जम्कट्टेलले वर्तमान राजनीतिक परिस्थिति पार्टी प्रतिकूल बन्दै गएको निष्कर्ष निकालेका छन् । जम्मकट्टेलले पार्टी एवं नेतृत्वमाथि चौतर्फी घेराबन्दी भइरहेको भन्दै यतिबेला विचलित नभई सङ्गठन सुदृढीकरणमा लाग्न आह्वान गरेका छन् । 

पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि र नेतृत्व परिवर्तनका कुराहरूले सङ्गठनलाई विभाजनतर्फ लैजान सक्ने खतराप्रति सचेत गराउँदै इतिहासको अनुभवबाट सिक्नुपर्नेमा जोड दिइएको छ। 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हाम्रै अनुभवले पनि भन्दछ विचलन र विभाजनहरूको सुरुवात नेतृत्व  बिग्रियो , असफल भयो , नेतृत्वले छोड्नुपर्दछ  । यो नेतृत्वले पार्टी र आन्दोलन अगाडी बढाउन सक्दैन जस्ता कुराहरूको उठानबाट नै हुने गरेको छ ।’

पार्टी कमजोर हुँदा २०४७  साल पछि स्कुल , कलेज , कारखाना र गाउँहरूमा  सङ्गठन निर्माणमा जाँदा कुटिनु परेको उनले अनुभव सुनाए।

sss

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप