इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
मुम्बई । सामाजिक सञ्जालका चर्चित इन्फ्लुएन्सर ओरी, जसको वास्तविक नाम ओरहान अवत्रामानी हो, लामो समयदेखि आफ्नो कमाइ र पेसालाई लिएर चर्चामा रहँदै आएका छन्। धेरैका लागि रहस्य जस्तै बनेको आफ्नो कमाइको स्रोतबारे अहिले उनले आफैँ खुलासा गरेका छन्।
हालै एउटा पोडकास्टमा कुरा गर्दै ओरीले ब्रान्ड इन्डोर्समेन्ट र स्पोन्सर गरिएका सामग्रीहरू आफ्नो कमाइको मुख्य जरिया भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा एउटा रिल पोस्ट गरेबापत ७६ लाख रुपैयाँसम्म लिने गरेको कुरा खुलाएका हुन्। यसबाहेक ओरीले विभिन्न निजी कार्यक्रमहरूमा सहभागी हुनका लागि पनि मोटो रकम असुल गर्ने गर्दछन्।
कुराकानीका क्रममा उनले आफ्नो बिजनेस मोडल र व्यक्तिगत वित्तीय व्यवस्थापनका बारेमा धेरै कुराहरू साझा गरे। ओरी पहिलो पटक अम्बानी परिवारको पारिवारिक कार्यक्रमहरूमा देखिएपछि चर्चामा आएका थिए।
विवाहमा पाहुना बनेर कमाउँछन् लाखौँ
ओरीले ‘के के क्रिएसन’ सँगको पोडकास्टमा बताए अनुसार कुनै पनि व्यक्तिले उनलाई आफ्नो निजी कार्यक्रमहरूका लागि पैसा तिरेर बोलाउन सक्छ। यस अन्तर्गत विवाह, जन्मदिन, दिवाभोज वा रात्रिभोजजस्ता कार्यक्रमहरू पर्दछन्। ओरीका अनुसार यस्ता समारोहहरूमा उपस्थित हुनका लागि उनले १५ लाखदेखि २५ लाख रुपैयाँसम्म शुल्क लिने गर्दछन्।
उनले यस प्रक्रियालाई ‘किन्न सकिने अनुभव’ का रूपमा परिभाषित गरेका छन्। ओरीले भने अनुसार यति रकम तिरेपछि उनी कार्यक्रममा पुगेर आयोजक तथा आमन्त्रित व्यक्तिहरूसँग राम्ररी घुलमिल हुनेछन्, भाषण दिनेछन् र परिवारका सदस्यहरूसँग समय पनि बिताउनेछन्।
शाहरुख खानसँग गरे आफ्नो सिग्नेचर पोजको तुलना
पोडकास्टका क्रममा ओरीले आफ्नो चर्चित ‘सिग्नेचर पोज’ को पनि चर्चा गरे। उनले दाबी गर्दै भने कि भारतमा बलिउडका बादशाह शाहरुख खानबाहेक उनी मात्र यस्ता व्यक्ति हुन्, जो आफ्नो खास सिग्नेचर पोजका लागि चिनिन्छन्।
ओरी प्रायः बलिउडका दिग्गज स्टारहरूसँग तस्बिर खिचाउने गर्दछन्, जसमा उनको हात अगाडिको सेलिब्रेटीको छातीमा हुन्छ। यो पोज सामाजिक सञ्जालमा निकै भाइरल र चर्चित रहने गर्दछ। ओरीले आफ्नो यही स्टाइल र पहिचानलाई सेलिब्रेटी स्टारडमको रूपमा हेर्ने गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण