बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार

बिहीबार, ०४ असार २०८३, १५ : १६
बिहीबार, ०४ असार २०८३

सारांश

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुगेर बन्द भएको छ ।
  • आज ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ जसमा ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच भएका छन् ।
  • एपोल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ भने आँखुखोला जलविद्युत कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ ।

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुगेर बन्द भएको हो ।

बजारमा आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।

आज एपोलो हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । त्यस्तै, सोपान हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत र आत्मनिर्भर लघुवित्तको मूल्य १२.५३ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

त्यसैगरी, युनाइटेड माेदी हाइड्रोपावरको २३ करोड ५ लाख र सीइडीबी हाइड्रोपावरको १४ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप