चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।
- पार्टी महामन्त्री धवलशमशेर राणाले राप्रपा छाडेपछि बस्न लागेकाले यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
- चुनावमा पराजित भएका उम्मेदवारलाई समेत राखेर अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समिति बैठक राखेको भन्दै पार्टीभित्र केही नेताले असन्तुष्टि जनाएका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बस्ने तय भएको बैठक पार्टी महामन्त्री धवलशमशेर राणाले राप्रपा छाडेपछि बस्न लागेकाले अर्थपूर्ण रूपमा हेरिएको छ ।
बैठकमा गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा उम्मेदवार बनेका सबैलाई बोलाइएको छ । यस्तै चुनावअघि एकता प्रक्रियामा आएका कमल थापा पक्षका ६५ जनालाई पनि बैठकमा बोलाइएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।
विशेषगरी चुनावमा पराजित भएका उम्मेदवारलाई समेत राखेर अध्यक्षले केन्द्रीय समिति बैठक राखेको भनेर पार्टीभित्रका केही नेताले असन्तुष्टि जनाएका छन् । चुनावपछि अध्यक्ष लिङ्देनको आलोचना हुँदै आएको छ ।
'चुनाव हारेकाहरूलाई किन केन्द्रीय समितिमा बोलाउनु परेको ? यो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो 'फेस सेभ' गर्ने रणनीति मात्रै हो । यो गलत छ ।' गत चुनावमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले जित्नुबाहेक अरू सबै उम्मेदवार पराजित भएका थिए । त्यसमा पनि अधिकांशको जमानत जफत भएको थियो ।
केन्द्रीय समितिमा नेतृत्वको आलोचना हुने सम्भावनालाई मध्यनजर गर्दै लिङ्देनले आफ्ना पक्षका मानिसहरू र चुनाव हारेका उम्मेदवारहरूलाई प्रयोग गरेर आफू सुरक्षित हुने दाउमा रहेको आफ्नो बुझाइ रहेको ती नेताको भनाइ थियो।
यसैबिच पार्टीभित्रको एउटा समूहले आफ्ना मागहरू सम्बोधन नभए बैठकमा 'नोट अफ डिसेन्ट' लेख्ने तयारी गरेको छ। कुन्ती शाही, विक्रम पाण्डे, विक्रम बहादुर थापा र डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू सम्मिलित समूहले महाधिवेशनको मिति सुनिश्चित हुनुपर्नेलगायतका माग अघि सारेका छन् ।
राप्रपाको वर्तमान केन्द्रीय समिति नै ४३० सदस्यीय भन्दा बढी रहेको बताइएको छ। बैठक भोलि र पर्सि दुई दिनसम्म चल्नेछ। यसैबिच केन्द्रीय समिति बैठकअघि बिहीबार कार्यसम्पादन समिति बैठक बसेको थियो । बैठकले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
-
डिजिटल बैंकिङमा फड्को: १० बैंकमार्फत १७ अर्बभन्दा बढी ‘फोनलोन’ प्रवाह
-
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण