शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् विवादका बिच सुरु भएको राप्रपा केन्द्रीय समिति बैठक

शुक्रबार, ०५ असार २०८३, १३ : २२
शुक्रबार, ०५ असार २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज सुरु भएको छ, तर सहभागिताको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
  • विधान अनुसार अधिकार प्राप्त नभएका व्यक्तिहरूलाई सहभागी गराउन खोजेको भन्दै असन्तुष्ट समूहले बैठक बहिष्कार गरेको छ।
  • पार्टीबाट अलग भएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच बस्न लागेको यो बैठक राप्रपाको आगामी नेतृत्व र सङ्गठनात्मक दिशाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज सुरु भएको छ । बैठक प्रारम्भ हुनुअघि नै सहभागिताको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ। 

rpp-meeting (1)

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान अनुसार अधिकार प्राप्त नभएका व्यक्तिहरूलाई समेत सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टी भित्रका असन्तुष्ट समूहले बैठक बहिष्कार गरेका छन् । गत फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिलाई बैठकमा बोलाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनी, निवर्तमान अध्यक्ष कमल थापा, वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे लगायतको कुर्सी खाली छन्।  

rpp-meeting (2)

धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बोलाइएको बैठकमा कमल थापा पक्षका करिब ६५ जनालाई पनि बैठकमा सहभागी गराउने विषयले विवाद चर्किएको हो । असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकमा निर्वाचित वा मनोनीत केन्द्रीय सदस्यबाहेक अन्य व्यक्तिको सहभागिता पार्टीको स्थापित विधि, प्रक्रिया र सङ्गठनात्मक मान्यताविपरीत हुने तर्क गरेको छ ।

rpp-meeting (3)

यस विषयमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्वअध्यक्षहरू कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए । 

rpp-meeting (4)

उनीहरूले बैठकमा केन्द्रीय सदस्यबाहेक अन्य व्यक्तिलाई सहभागी नगराउन आग्रह गरेका थिए । महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग भएपछि उत्पन्न राजनीतिक परिस्थितिका बिच बस्न लागेको यो बैठकलाई राप्रपाको आगामी नेतृत्व र सङ्गठनात्मक दिशाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

rpp-meeting (5)rpp-meeting (6)rpp-meeting (7)rpp-meeting (8)rpp-meeting (9)rpp-meeting (10)rpp-meeting (11)rpp-meeting (12)rpp-meeting (13)rpp-meeting (14)rpp-meeting (15)rpp-meeting (16)rpp-meeting (17)rpp-meeting (18)rpp-meeting (19)rpp-meeting (20)rpp-meeting (21)rpp-meeting (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप