शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्यको धनमाल चोरी

शुक्रबार, ०५ असार २०८३, १३ : २६
शुक्रबार, ०५ असार २०८३

सारांश

  • काठमाडौँका बुढानिलकण्ठ र कागेश्वरी मनोहरा नगरपालिकामा डेरा गरी बस्ने व्यक्तिहरूको कोठाबाट बिहीबार २४ लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ ।
  • बुढानिलकण्ठ नगरपालिका-१२ सिमलटारमा राम बहादुर विकको कोठाबाट करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी भएको छ ।
  • कागेश्वरी मनोहरा नगरपालिका-८ मा दिया आले मगरको कोठाबाट करिब ९ लाख ७० हजार रुपैयाँ बराबरको सुन र नगद चोरी भएको छ ।

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी भएको छ । 

काठमाडौँको बुढानिलकण्ठ र कागेश्वरी मनोहरा नगरपालिकामा डेरा गरी बस्ने व्यक्तिहरूको कोठाबाट बिहीबार २४ लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१२ सिमलटारमा डेरा गरी बस्ने काभ्रे घर भएका २९ वर्षीय राम बहादुर विकको कोठाबाट बिहीबार साँझ चोरी भएको हो । चोरले उनको कोठामा पसी सुन, चाँदीका गरगहना र नगद गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल चोरेर फरार भएको छ ।

त्यसै गरी काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका-८ अमरसिंह चोक नजिकै पनि अर्को चोरीको घटना भएको छ । त्यहाँ डेरा गरी बस्ने पाल्पा घर भएकी २४ वर्षीया दिया आले मगरको कोठाबाट बिहीबार बिहानै लाखौँको धनमाल चोरी भएको हो । उनको कोठाबाट सुनका विभिन्न बहुमूल्य गरगहना र नगद समेत गरी करिब ९ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले उल्लेख गरेको छ ।

दुवै घटनापछि स्थानीय प्रहरी वृत्तहरूले सक्रियता बढाएका छन् । प्रहरीले चोरीको घटनामा संलग्न भई हाल फरार रहेका शङ्कास्पद व्यक्तिहरूको तीव्र रूपमा खोजी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप