सीटीइभीटीको उपाध्यक्षका लागि २५ जनाकाे उम्मेदवारी
शनिबार, ०६ असार २०८३, १४ : १६
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । गत जेठ २१ मा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकहरूले अब मूल्याङ्कन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतिकरण दिनुपर्नेछ ।
परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ भने पदाधिकारी रिक्त भएपछि हाल अनोज भट्टराई निमित्त सदस्यसचिव तोकिनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट जारी भएपछि अन्य निकायमा झैँ परिषद् पनि पदाधिकारीविहीन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण