लुम्बिनीमा विशेष योगाभ्यास कार्यक्रम
भैरहवा । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि भारतीय राजदूतावास र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजना तथा लुम्बिनी विकास कोषको सहकार्यमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले सामूहिक रुपमा विभिन्न योगासन तथा प्राणायाम अभ्यास गरेका थिए । योगमार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
त्यस अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले योग सहरी जीवनशैली अपनाउने तथा दिनभर कार्यालय, उद्योग–व्यवसाय र अन्य व्यस्त काममा संलग्न व्यक्तिहरुका लागि अत्यन्त उपयोगी रहेको बताउनुभएको छ । उहाँले ग्रामीण र सहरी जीवनशैलीबीचको भिन्नता उल्लेख गर्दै योगको आवश्यकता जीवनशैलीअनुसार फरक हुने धारणा राख्नुभयो ।
लुम्बिनीस्थित लिटिल बुद्धको प्रतीमा अगाडि आयोजित योगाभ्यासमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, लुम्बिनी विकास कोषका कर्मचारीसहित ५०० भन्दाबढी योग साधकहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण