उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
काठमाडौँ । उदयपुर प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय कृष्ण तामाङ,२६ वर्षीय जालकुमार राई र ३० वर्षीय नेत्रमान राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तामाङलाई जिल्लाको कटारी नगरपालिका–४ कान्छी बजारबाट इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने जालकुमार र नेत्रमानलाई चौदण्डी नगरपालिका ३ देउरालीस्थित मदन भण्डारी राजमार्गबाट इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
तामाङको साथबाट ५६ चक्की लागुऔषधसहित ४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै नेत्रमान र जालकुमारको साथबाट ५७० ट्याब्लेट लागु औषधसहित एउटा अटोसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई सम्बन्धित प्रहरी कार्यालयहरूको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण