आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान

आइतबार, ०७ असार २०८३, १९ : १३
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि प्रकाशित प्रतिनिधिहरूको प्रारम्भिक नामावलीउपर दाबी विरोध तथा नाम समावेशका लागि सूचना प्रकाशित गरेको छ।
  • नाम समावेश गर्न छुटेका प्रतिनिधिहरूले आधिकारिक फारम भरी हस्ताक्षरसहित सचिवालयमा पेस गर्नुपर्नेछ।
  • निर्वाचन आयोगले निवेदन दिने अन्तिम समय असार ८ गते बिहान ९ बजेसम्मका लागि तोकेको छ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि प्रकाशित प्रतिनिधिहरूको प्रारम्भिक नामावलीउपर दाबी विरोध तथा नाम समावेशका लागि समयसीमा तोक्दै सूचना प्रकाशित गरेको छ।

आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा कुनै योग्य प्रतिनिधिको नाम छुटेको भए वा नाम सच्याउनु पर्ने भएमा आधिकारिक प्रक्रिया पूरा गरी निवेदन दिन आग्रह गरेको छ। 

जसअनुसार नाम समावेश गर्न छुटेका प्रतिनिधिहरूले निर्वाचन आयोगद्वारा वितरण गरिएको आधिकारिक फारम रितपूर्वक भरी हस्ताक्षरसहित सचिवालयमा पेस गर्नुपर्ने आइतबार साँझ जारी सूचनामा उल्लेख छ । 

त्यसैगरी, प्रकाशित नामावलीमा रहेका कुनै प्रतिनिधिको योग्यता वा दाबीउपर विरोध गर्नुपर्ने भएमा वा कुनै कैफियत देखिएमा पनि आधिकारिक फारम भरी सचिवालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ। 

सबै निवेदनहरू चितवनको औद्योगिक प्रदर्शनी केन्द्रमा रहेको केन्द्रीय निर्वाचन आयोगको सचिवालयमा बुझाउनुपर्नेछ। आयोगले निवेदन दिने अन्तिम समय असार ८ गते बिहान ९ बजेसम्मका लागि तोकेको छ।

निर्धारित समयसीमा भन्दा ढिलो प्राप्त भएका वा ठोस प्रमाण नभएका दाबी विरोधका निवेदनहरूउपर कुनै कारबाही नगरिने जानकारी केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप