अमेरिका र इरानबिचको पहिलो चरणको वार्तामा ‘उत्साहजनक प्रगति’
सारांश
- अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा भएको पहिलो चरणको वार्ता उत्साहजनक प्रगतिसहित सम्पन्न भएको छ।
- दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी मार्गचित्र तयार गर्न उच्चस्तरीय समिति गठन गर्न सहमत भएका छन्।
- वार्तामा स्ट्रेट अफ होर्मज खुला गर्ने, लेबनानमा युद्धविराम लागू गर्ने र इरानको आणविक कार्यक्रमबारे छलफल भएको छ।
लुसर्न । युद्ध अन्त्यका लागि अन्तिम सम्झौतामा पुग्न अमेरिका र इरानबिच स्विट्जरल्यान्डमा भएको पहिलो चरणको वार्ता ‘उत्साहजनक प्रगति’ का साथ सम्पन्न भएको छ।
मध्यस्थकर्ता मुलुकहरू कतार र पाकिस्तानले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी एउटा ‘मार्गचित्र’ तयार गर्न उच्च स्तरीय समिति गठन गर्न सहमत भएको जनाएका छन्।
गत हप्ता दुई देशबिच भएको प्रारम्भिक सहमतिपछि आइतबारदेखि स्विस सहर लुसर्नमा यो वार्ता सुरु भएको हो। प्राविधिक विषयका छलफलहरू यस हप्ताभरि जारी रहने बताइएको छ।
वार्तामा सहभागी एक अमेरिकी कूटनीतिज्ञका अनुसार छलफल मुख्य गरी स्ट्रेट अफ होर्मज खुला गर्ने र लेबनानमा युद्धविराम लागू गर्ने विषयमा इरानको तर्फबाट आएका अस्पष्ट सन्देशहरूलाई प्रस्ट पार्नमा केन्द्रित थियो। व्यापारिक जहाजहरूको सुरक्षित आवतजावतका लागि र असमझदारी न्यूनीकरण गर्न दुवै पक्ष एउटा ‘सञ्चार लाइन’ बनाउन सहमत भएका छन्।
यसका साथै इरानको आणविक कार्यक्रमका विषयमा पनि प्रारम्भिक छलफल भएको छ। अमेरिकाले इरानले क्षेत्रीय अस्थिरता फैलाउन छाडे र आणविक हतियारको महत्त्वाकाङ्क्षा त्यागेमा सम्बन्धलाई पूर्ण रूपमा बदल्न तयार रहेको बताएको छ भने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी दोहोर्याएको छ।

वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले गरेका छन्। वार्ता चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले लेबनानमा आफ्ना ‘प्रोक्सी’ हिजबुल्लाहलाई तत्काल रोक्नुपर्ने र नरोके कडा प्रहार गर्ने चेतावनी दिएका थिए।
यसको जवाफमा इरानी वार्ताकार गालिबाफले ‘धम्कीले काम गर्ने भए अमेरिका आज यस्तो निराशाजनक अवस्थामा हुने थिएन’ भन्दै कटाक्ष गरेका छन्। लेबनानमा सैन्य कारबाही रोक्नका लागि वार्तामा लेबनान सरकार समेत सम्मिलित एउटा विशेष कक्ष बनाउने सहमति भएको छ।
पछिल्लो समय इजरायल र हिजबुल्लाहबिच लडाइँ बढेपछि इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको थियो। तर, समुद्री ट्र्याकिङ डेटाले भने त्यहाँबाट जहाजहरूको आवतजावत अझै जारी रहेको देखाएको छ।
यसअघि अमेरिका र इरानका राष्ट्रपतिले हस्ताक्षर गरेको प्रारम्भिक सम्झौतामा इरानलाई पुनर्निर्माणका लागि ३०० अर्ब डलर दिने र प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख थियो। इजरायलले इरानसँगको युद्ध गत फेब्रुअरी २८ देखि सुरु भएको र हिजबुल्लाहसँगको लडाइँ यसभन्दा फरक रहेको दाबी गर्दै लेबनानबाट आफ्ना सैनिकहरू तत्काल फिर्ता नहुने अडान राखेको छ। लेबनानमा गत मार्च २ देखि यता चार हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण