अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
सारांश
- धनगढीमा अत्याधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको छ।
- असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको छ।
- गर्मीले विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै उपमहानगरपालिकाले यो निर्णय गरेको हो।
कैलाली । धनगढीमा अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार सूचना प्रकाशित गरी अत्याधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गर्नुपरेको जनाएका छन् ।
सूचनामा असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको उल्लेख छ ।
‘बढ्दो अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकोले सोको प्रतिकूल असरलाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे बिदाबाट बिदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ’, उपमहानगरपालिकाको सूचनामा भनिएको छ ।
धनगढी लगायतका आसपासका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण