सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु

सोमबार, ०८ असार २०८३, १३ : ३४
सोमबार, ०८ असार २०८३

सारांश

  • काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।
  • केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाएका ती पुरुषमा सङ्क्रमण देखिएको थियो।
  • उपचारका क्रममा शनिबार उनको ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) ले जानकारी दिएको छ।

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

​केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाएका ती पुरुषमा सङ्क्रमण देखिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा शनिबार उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिए । 

अधिकारीले भने, ‘पहिलो टोकाइमा भ्याक्सिन नलगाएको देखियो । रेबिज भइसकेपछि अस्पताल आउनुभएको थियो । उहाँको शनिबार मृत्यु भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप