कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
सुर्खेत । कर्णाली प्रदेशमा रहेका तीन वटा यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोडभन्दा बढी राजस्व संकलन गरेका छन् ।
कर्णालीमा सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा यातायात कार्यालय छन् ।
यी कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्ममा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व संकलन भएको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार जसमध्ये जेठमा मात्रै सबै कार्यालयहरूबाट कुल २ करोड ४७ लाख ४४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ ।
तीन वटामध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ राजस्व संकलन गरेको छ, जुन कुल राजस्वको ८० प्रतिशतभन्दा धेरै हिस्सा हो । यस्तै, रुकुम पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले ३ करोड ५ लाख ६३ हजार ३२१ रुपैयाँ राजस्व संकलन गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले १ करोड ४७ लाख ७३ हजार २०५ रुपैयाँ राजस्व संकलन गरेको प्रवक्ता सुवेदीले बताए ।
सवारी साधन कर नै मुख्य स्रोत
कर्णालीमा यातायात क्षेत्रमा सवारी साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारी साधन करले ओगटेको छ । सवारी साधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख बराबर सवारी साधन कर मात्र संकलन भएको प्रवक्ता सुवेदी बताउँछन् ।
जसमा सुर्खेतले मात्रै २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले २ करोड ६६ लाख ५१ हजार र जुम्लाले ७३ लाख ६५ हजार संकलन गरेका छन् । दोस्रोमा पत्र, सवारी दर्ता, किताब सम्बन्धी दस्तुर शीर्षकमा राजस्व संकलन भएको छ । यो शीर्षकमा ११ महिनाको अवधिमा ५ करोड भन्दा धेरै संकलन भएको छ । ‘यसमा पनि सुर्खेतको हिस्सा मात्रै ४ करोड २८ लाख ८१ हजार रहेको छ ।
यस्तै, चौरजहारीले यो शीर्षकमा ५५ लाख ९० हजार र जुम्लाले ३८ लाख ७८ हजार संकलन गरेका छन् ।
यातायात क्षेत्रको आम्दानी (पटके तथा रुट परमिट) शीर्षकमा झण्डै १ करोड बराबर राजस्व संकलन भएको छ । यसमा चौरजहारीले एक रुपैयाँ पनि राजस्व उठाउन सकेको छैन । सुर्खेत कार्यालयले ८० लाख ८३ हजार र जुम्ला कार्यालयले १८ १६ हजार संकलन गरेका छन् ।
प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा हालसम्म जम्मा ३ लाख ९१ हजार बराबर राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । गत वर्ष असार मसान्तसम्म कुल ३१ करोड ३६ लाख बराबर राजस्व संकलन भएकोमा यो वर्ष अन्तिममा थोरै बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण