सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

सोमबार, ०८ असार २०८३, १७ : ०९
सोमबार, ०८ असार २०८३

दाङ ।  लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ । नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो ।

हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । लमही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ । साथै सम्बन्धित सबै विद्यालयलाई सोही अनुसार जानकारी गराइएको सूचनामा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप