कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
सारांश
- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतको वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।
- सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि पत्राचार गरेपछि प्रहरीले पौडेललाई कार्यक्रम नसकिँदै होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको हो।
- कर्णाली प्रदेशका एसएसपी सन्तोष सिंह राठौरले पौडेललाई विभागको पत्रको आधारमा पक्राउ गरेको पुष्टि गरेका छन्।
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन् । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
एमालेको 'निर्वाचन समीक्षा तथा पुनर्गठन' सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए । कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ गाडी लिएर होटल पुगेका थिए । प्रहरीले 'जाने बेला भयो, निस्कनुस्' भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी एमालेकै कार्यकर्ताले बताए ।
एसपी पोखरेलले पौडेललाई आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्याएका छन् । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आजै पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।
कार्यक्रममा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो । कार्यक्रम जारी रहँदै गर्दा भएको यो आकस्मिक पक्राउले एमाले कार्यकर्ताहरूमाझ खैलाबैला मच्चिएको छ । यद्यपि कार्यक्रम अझै जारी छ ।
यसैबिच कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरले पौडेललाई विभागको पत्रको आधारमा पक्राउ गरेको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण