विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
वीरेन्द्रनगर । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ ।
जिप्रकारले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई औपचारिक जानकारी गराएको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पौडेलबारे सुर्खेत प्रहरीले पत्राचार गर्दै विस्तृत विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पठाएको पत्रअनुसार पौडेललाई साँझ सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका–३ स्थित 'शुभ होटल' बाट नियन्त्रणमा लिइएको हो ।
विभागको पत्राचारपछि पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकबाट प्राप्त पत्र र इमेलका आधारमा प्रहरीले पौडेलको खोजी गरेको थियो । विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २१ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको भन्दै पक्राउ गरेर उपस्थित गराइदिन सुर्खेत प्रहरीलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।
यसरी भयो पक्राउ र प्रक्रिया
प्रहरीका अनुसार विभागबाट जरुरी पक्राउ पुर्जीसहितको पत्र प्राप्त भएपछि सुर्खेतमा उनको खोजतलास सुरु गरिएको थियो । हाल ललितपुरको सैंबु आवास क्षेत्रमा बस्दै आएका पौडेललाई सुर्खेतको होटलमा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिप्रका सुर्खेतले प्रदेश कार्यालयलाई गराएको जानकारी अनुसार पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रियाका लागि सक्कल कागजातसहित विभाग पठाइसकिएको छ । उनलाई विभागमा बुझाउनका लागि प्रहरी नायव निरीक्षक (सई) श्याम प्रसाद यादवको जिम्मा लगाइएको सुर्खेत प्रहरीले जनाएको छ ।
सुर्खेत प्रहरीले सो जानकारीको बोधार्थ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रदेश प्रहरी कार्यालय नेपालगन्जलाई समेत पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण