राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियारले राहादानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।
उक्त प्रकरणमा जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधी मणिन्द्रराज मल्ललाई पनि प्रतिवादी कायम गरिएको छ । मुल्हबाउरका सञ्चालकहरू गेर्हार्ड मौरर र पावेल राकिच पनि प्रतिवादी छन् ।
मुल्हबाउर र जर्मनको अर्को कम्पनी भेरिडोसले राहदानी छपाइको ठेक्का पाएका थिए ।
मुल्हबाउरका नेपाली प्रतिनिधि मल्ललाई अख्तियारले असार ३ मा पक्राउ गरेर हिरासतमा राखेको थियो । मणिन्द्रराज मल्ल तिनै व्यक्ति हुन्, जो यसअघि पनि कल बाइपाससम्बन्धी अपराधमा संलग्न कसुरमा पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मल्ललाई पक्राउ गरेर अवैध कल बाइपास गरेको कसुरमा अनुसन्धान गरेको थियो ।
ब्युरोको प्रतिवेदनको आधारमा अदालतमा दायर गरिएको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।
सीआईबीका एक उच्च अधिकृतका अनुसार मल्लविरुद्ध त्यसबेला ३७ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो । मल्ल यसपटक पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँग मिलेमतो गरेर राहदानी छपाइको ठेक्का लिएको कसुरमा पक्राउ परे ।
राहदानीमा मुल्हबाउरले १ अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए । त्यसमा आर्थिक चलखेल र नियमित कमिसन लिनेगरी ठेक्का लगााइएको भनेर आरोप लागेपछि अख्तियारले अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण