मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपराध

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

मङ्गलबार, ०९ असार २०८३, ०७ : ५८
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
  • महोत्तरी घर भई नगरकोट बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको थियो।
  • प्रहरीले चक्कु प्रहार गर्ने तीन जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ।

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोट राेडमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

जिल्ला महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान ०६ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप